२०८३ कार्तिक १२

तानसेन नगरपालिकामा कानुन विपरीत कर असुली : खारेज गर्न गुल्मीका व्यवसायीहरुको माग

गुल्मी । पाल्पाको तानसेन नगरपालिकाले राजमार्ग र साहयक राजमार्गमा अवैध रुपमा सवारी साधनहरुमा कर असुली गरेको भन्दै तत्काल खारेज गर्न माग गरेका छन् । गुल्मीबाट बुटवलतर्फ जाने र उताबाट आउने साना ठूला सवारी साधनमा  पाल्पाको बतासेडाँडा र होलाङ्गदीमा  ऐन कानुन मिचेर दोहोरो कर असुली गरकोेले त्यसलाई तत्काल खारेजीको माग गर्दै गुल्मी उद्योग बाणिज्य संघले जिल्ला प्रशासन कार्यालय गुल्मीकामार्फत जिल्ला प्रशासन कार्र्यालय पाल्पा र तानसेन नगरपालिकालाई मंगलवार ज्ञापन पत्र पठाएको छ ।


Advertisement


प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले  उक्त ज्ञापन पत्र बुझाएका हुन् ।  राजमार्ग र साहयक राजमार्गमा कुनै पनि प्रकारको कर शुल्क असुल्न नपाईने अहिलेको संविधानमा स्पष्ट व्यवस्था रहेको अवस्थामा तानसेन नगरपालिकाले गुल्मी बुटवल आवत जावत गर्ने सबै प्रकारका सवारी साधनहरुमा दोहोरो कर असुली गरेकोले पाल्पाका प्रमुख जिल्ला अधिकारी र तानसेन नगरपालिकासँग समन्वय गरि उक्त अवैध कर असुली अविलम्ब खारेजीको माग गरेको छ । 

संविधानको धारा २३६ मा अन्यत्र जुन सुकै कुरा लेखिएपनि एक प्रदेश वा अर्को स्थानीय तहमा हुने वस्तुको ढुवानी वा सेवाको विस्तामा कुनै किसिमको बाधा अवरोध गर्न वा कर , शुल्क , दस्तुर वा महशुल लगाउन वा त्यस्तो सेवा वा वस्तुको ढुवानी  सेवा बिस्तारमा कुनै किसिमको भेदभाव गर्न पाईने छैन भन्ने उल्लेख गरिएको छ ।

यसरी ऐन कानुन विपरीत तानसेन नगरपालिकाले दोहोरो कर असुली गरेकोप्रति गुल्मी उद्योग बाणिज्यको गम्भीर ध्यानकृष्ट भएको र  कानुन विपरित असुल्दै आएको यस्तो शुल्क अविलम्ब खारेज गर्न जोडदार माग गर्दछौं,’ ज्ञापन पत्रमा भनिएको छ ।

गुल्मी उद्योग बाणिज्य संघका महासचिव तारा प्रसाद भुसालका अनुसार तानसेन नगरपालिकाले स्थानीय पुर्वधार उपभोग शुल्कको नाममा तानसेन बजार क्षेत्र भई सञ्चालन हुने सवारी साधानहरुमा राजमार्ग प्रवेशमा  साना सवारी साधनहरुमा  बुटवल तर्फ जाँदा २० र फर्किदा २०  गरि दोहोरो शुल्क असुल्दै आएको छ ।

त्यस्तै ठूला सवारी साधनहरुमा ४०÷४० रुपैयाँका दरले  दोहोरो शुल्क असुल्दै आएको छ । ज्ञापन पत्र बुझ्दै गुल्मीकी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले आफूले उक्त ज्ञापन पत्र सम्वन्धित निकामा पठाई दिने र त्यो पक्ष संग समन्व्य पनि गर्ने प्रतिवद्धता जनाएकी छन् । 

यसबीच गुल्मी उधोग बाणिज्य संघले पछिल्ला चरण गुल्मीको शान्ति सुरक्षा निकै कमजोर रहेकोप्रति पनि प्रमुख जिल्ला अधिकारीको ध्यानकृष्ट गराएको  छ ।

संघका अध्यक्ष भलामीले ईस्माको छिनुवामा  एक जना होटल ब्यवसायीको हत्या भएको ५ महिना वित्नै लाग्दा पनि अहिले सम्म हत्यारा पत्ता लगाउन नसक्नु र सदरमुकाम तम्घास भित्रै मानिसहरु असुरक्षित हुनु  तथा चोरीका घटना बढ्नुले शान्ति सुरक्ष निकै कम्जोर पाईएकोले ध्यान आकृष्ट गराउन पनि आएको बताए ।

गुल्मी उद्योग बाणिज्य संघले मंगलवार नै पत्रकार सम्मेलन गरि तानसेन नगरपालिकाले अवैध ऐन कानुन विपरीत  सधारी साधनमा कर असुली गरेको प्रति सञ्चार माध्यामलाई समेत  जोडदार ढंगले आवाज बुलन्द गर्न आग्रह गरेको छ । 

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap