२०८३ कार्तिक १२

कार्यदलको प्रतिवेदनबारे सोमबार प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल हुने

साभार: सेतोपाटी

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपीशर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भोलि बिहान साढे ९ बजेका लागि समय तय भएको प्रधानमन्त्री निकट स्राेतले सेतोपाटीलाई बतायो।

साउन ३० गते गठन भएको नेकपा कार्यदलले शनिबार आफ्नो प्रतिवेदन बुझाएको थियो। कार्यदलले बुझाएको प्रतिवेदनमा सरकारको काममा प्रधानमन्त्री ओली केन्द्रित रहने र पार्टीको काममा प्रचण्ड केन्द्रित रहने प्रस्ताव गरिएको छ।

कार्यदलले पाँचै वर्ष प्रधानमन्त्री ओली नै रहने र पार्टीमा प्रचण्डको भूमिका बढाउने प्रस्ताव समेत पेश गरेको छ। त्यस्तै प्रचलित प्रवधान अनुसार राजनीतिक नियुक्तिहरु गर्ने, कमिटी प्रणाली अनुसार विधि पद्धतिमा जान समेत कार्यदलले सुझाव दिएको छ।

कार्यदलले सरकारलाई प्रभावकारी बनाउने लगायतका विषयमा समेत सुझाव दिएको छ। कार्यदलको प्रतिवेदनबारे दुई अध्यक्षबीच छलफल भएपछि सचिवालय बैठक बस्ने र त्यसपछि स्थायी कमिटीमा छलफल गर्ने नेकपा नेताहरुको तयारी छ।

दुई अध्यक्षबीच आजै छलफल हुने भनिए पनि प्रचण्डले प्रतिवेदन अध्ययन गर्न बाँकी रहेकाले सोमबारको लागि तय भएको स्राेतले बतायो। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap