२०८३ कार्तिक १२

विश्वभाषा क्याम्पस माघदेखि पुन संचालन

१३ पुस, काठमाडौं । विश्वभाषा क्याम्पसमा आगामी माघ १९ गतेदेखि कक्षा सञ्चालन हुने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण गत चैतदेखि स्थगित पढाइ पुनः सञ्चालनमा आउन लागेको हो ।

क्याम्पसले चिनियाँ, फ्रान्सेली, जर्मन, स्पेनी, जापानी, इटाली, कोरियाली, प्रारम्भिक अंग्रेजी र लेखन अंग्रेजीमा भर्ना समेत आह्वान गरेको छ ।


Advertisement


लेखन अंग्रेजीका लागि स्नातक र बाँकी भाषाका लागि एसईई/एसएलसीमा कम्तीमा ‘सी’ ग्रेड ल्याउनु पर्ने र १७ पुसदेखि २७ पुससम्म आवेदन फर्म बुझाउन सकिने क्याम्पसले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतको विश्वभाषा क्याम्पसमा हरेक ६–६ महिनामा नयाँ भर्ना खुल्छ ।

Credit: OnlineKhabar


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap