२०८३ कार्तिक १२

नेपाल–भारत वाणिज्य समितिको यी हुन् एजेण्डा

काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति (आईजीसी) को बैठक जारी रहेको छ । नेपाल–भारत दुई देशबीचको पारवहन तथा व्यापार सन्धी पुनरावलोकनको मुख्य एजेन्डा रहेको सो बैठकको प्रतिनिधि टोलीमा नेपालका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले गरेका छन् भने भारतको तर्फबाट भारतीय उद्योग तथा आन्तरिक व्यापार प्रवर्द्धन विभागका सचिव डा. गुरुप्रसाद मोहपात्रले गरेका छन् । 

सोमबार बिहान १० बजेबाट शुरु भएको भर्चुअल छलफल कार्यक्रममा नेपालको तर्फबाट तय भएको मुख्य ५ एजेन्डा छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । 

दुई देश बीचको पारवहन तथा व्यापार सन्धी पुनरावलोकनको मुख्य एजेन्डासहित दुुई देशबीच हुने लगानी प्रवर्द्धधन, सीमामा व्यापार पूर्वाधार निर्माण तथा व्यापार सहजीकरण लगायतका मुद्दाहरुमा छलफल भइरहेको स्रोतले बताएको छ ।


Advertisement


त्यस्तै, नेपाल र भारत बीच हुने व्यापारको गुणस्तर तथा सहजीकरण, नयाँ बजारीकरणको सम्भावना र दुई देशबीच संयुक्त बिजनेस फोरम बनाउने प्रस्ताव समेत नेपालले बैठकमा राख्ने बताइएको छ । 

त्यसो त गत बिहीबार र शुक्रबार नै भर्चुअल माध्यमबाटै बसेको दुई देशका सहसचिवस्तरीय बैठकले सोमबारको छलफलको एजेण्डा तय गरिसकेको थियो । 

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap