२०८३ कार्तिक १२

गोली लागेर खाग तस्कर घाइते

बुटवलको सुख्खानगरस्थित एक होटलमा आज बिहान प्रहरीले गैंडाका खाग तस्करहरुलाई नियन्त्रणमा लिन खोज्दा गोली चलेको छ ।  

बुटवल उपमहानगरपालिका वडा नं ८ सुख्खानगरस्थित कलश होटलमा खागको कारोवार हुँँदै गर्दा पुगेको प्रहरी टोलीको पेस्तोल खोसेर तस्करले प्रहार गर्न खोज्दा उनी आफैँलाई लागेको छ ।


Advertisement


होटेलमा खाग तस्कर रहेको सूचनाका आधारमा पुगेको सादा पोशाकका प्रहरी टोलीलाई खाग तस्करले प्रहरीकै पेस्तोल खोसेर गोली प्रहार गर्दा तस्कर समूहकै एक जना घाइते भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरले जानकारी दिए ।

उनका अनुसार गोली प्रहारबाट तस्कर समूहका सदस्यको चिउँडोमा गोली लागेको र उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । तस्कर समूहका चारमध्ये सुर्खेत घर भएका भक्तबहादुर थापा र जाजरकोट घर भएका कर्णबहादुर रावतलाई नियन्त्रणमा लिइएको र एक जना प्रहरीको घेरा तोडेर भागेको प्रनाउ राठौरले जानकारी दिए । 

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap