२०८३ कार्तिक १२

कोरोना विशेष अस्पतलमा थप एकजनाको मृत्यु : बुटवल

बुटवल ।  बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा आज बिहान थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८ का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा उपचार गर्दा गर्दे मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमले रातोपाटीलाई बताए ।


Advertisement


कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचार गर्दागर्दे बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगीसमेत रहेका थिए ।

साभार: रातोपाटी


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap