२०८३ कार्तिक १२

एम्बुलेन्समा अस्पताल लैजाँदै गर्दा बाटोमै कोरोना सङ्क्रमितको मृत्यु

साभार: रातोपाटी

लहान । कोरोना सङ्क्रमित एक पुरुषको अस्पताल लैजाँदै गर्दा बाटोमा नै आज मृत्यु भएको छ । मृत्यु हुनेमा सुखीपुर नगरपालिका २ का ५५ वर्षीय पुरुष रहेका छन् । 


Advertisement

विराटनगरस्थित नोबेल मेडिकल कलेजको भेन्टिलेटरमा उपचाररत उनलाई थप उपचारका लागि विराट मेडिकल कलेज लगिदै गर्दा एम्बुलेन्समै मृत्यु भएको मेडिकल कलेजका आइसोलेशन प्रमुख सुनिल देवले जानकारी दिए । उपचारकै क्रममा गत बिहीबार साँझ ती पुरुषमा कोरोना पुिष्ट भएको थियो । योसँगै कोरोनबाट सिरहामा मृत्यु हुनेको सङ्ख्या १४ जना पुगेको छ । 



Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap