२०८३ कार्तिक १२

उपमहानगरले डोम समुदायको घरमा डोजर चलाएपछि दर्जनौँको बिचल्ली

साभार: रातोपाटी

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाले दलित समुदायको घरमा डोजर चलाएर उनीहरुलाई विस्थापित तुल्याएको छ । उपमहानगरले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित धर्मवान टोलमा दर्जनौँ डोम परिवारको घर भत्काएको हो । 

सडक छेउको ऐलानी जग्गामा बस्दै आएका डोम समुदायलाई बस्ने ठाउँको व्यवस्थापन नै नगरी उनीहरुको घर भत्काइएको हो । घरबिहीन भएका डोम परिवारहरु अहिले बिचल्लीमा परेका छन् । सो स्थानमा लामो समयदेखि करिब एक दर्जन जति डोम परिवारले घर बनाएर बसोबास गर्दै आएका थिए । स्थानीय रिता मलिक डोमले बसोबासको व्यवस्थापन विना नै घर भत्काइएको गुनासो गरिन् ।

सुकुम्वासी समेत रहेका डोम परिवारलाई जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले जग्गा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे कोरोनाको कहरले मुलुकलाई आक्रान्त पारिरहेको समयमा विना जानकारी घर भत्काएको भन्दै पीडितहरुले आक्रोश व्यक्त गरेका छन् ।


Advertisement


पीडितमध्येकै एक मनोज मलिक डोमले पनि आफूहरुलाई जग्गाको व्यवस्थापन नै नगरी घर भत्काएर उपमहानगरले अन्याय गरेको बताए । केही महिनापूर्व सडक विस्तारका लागि जग्गा खाली गराउने सूचना आएपछि स्थानीयवासीले जनकपुरधाम उपमहानगरपालिका, सडक डिभिजन कार्यालय धनुषा, जिल्ला प्रशासन कार्यालय धनुषा, जिल्ला प्रहरी कार्यालय धनुषा लगायतमा बसोबासको व्यवस्थापन गर्न वा घर नभत्काउन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

कोरोना महामारीका बेला उठिबास नगराउन, सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउन, क्षतिपूर्ति उपलब्ध गराउन लगायतका ११ बुँदे माग सहित स्थानीयवासीले सरोकारवाला कार्यालयहरुमा ज्ञापनपत्र बुझाए पनि उपमहानगरले उनीहरुको आग्रहलाई उपेक्षा गर्दै घर भत्काइदिएको हो । घरविहीन भएका डोम समुदाय अब सडक छेउमै पाल टाँगेर बस्नुबाहेक अर्को विकल्प नरहेको बताउँछन् ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap