२०८३ कार्तिक १२

भूकम्प पीडितलाई नेविसंघको सात लाख ११ हजार सहयोग




नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले भूकम्पपीडितलाई सहयोगका लागि सात लाख ११ हजार रुपैयाँ उपलब्ध गराएको छ।


Advertisement


बुधबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर नेविसंघ अध्यक्ष दुजाङ शेर्पासहित प्रतिनिधिमण्डलको टोलीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

जाजरकोट र रूकुम पश्चिमका भूकम्पपीडितलाई सहयोगका लागि नेविसंघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा उक्त रकम सहयोग गरेको हो।



नेविसंघले प्रधानमन्त्री दाहाललाई त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी नियुक्तिमा राजनीतिक भागबन्डा नगर्न पनि ध्यानाकर्षण गराएको छ। 

खुला प्रतिस्पर्धाका आधारमा उपकुलपति नियुक्ति गर्न नेविसंघले माग गरेको हो। प्रधानमन्त्री दाहालले उपकुलपतिलगायतमा अबदेखि राजनीतिक भागबन्डा नहुने प्रतिबद्धता व्यक्त गरेका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap