२०८३ कार्तिक १२

नेपाल बैंक ८७ औं वर्षमा प्रवेश




नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ।

यसै अवसरमा बैंकले आफ्नो प्रमुख कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा एक सय ५० जना रक्तदाताले सहभागिता जनाएका थिए। 

८७ औं वर्षमा प्रवेश गर्दै बैंकले आफ्नो सम्पूर्ण ग्राहक, समन्वयकर्ता एवम् सहयोगीहरूप्रति कृतज्ञता व्यक्त गरेको छ। 


Advertisement


नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक हो। विसं १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंकको उद्घाटन तत्कालिन राजा त्रिभुवन बीर विक्रम शाहले गरेका थिए। भारतीय रूपैयाँको दबदवा रहेको समयमा आफ्नै देशको मुद्रा प्रचलनमा ल्याउन नेपाल बैंकले ठूलो भूमिका खेलेको छ। 

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा १० जना लगानीकर्ताहरूले सुरू गरेको बैंकको चुक्ता पुँजी ८ लाख ४२ हजार र निक्षेप १७ लाख थियो भने लगानी १९ लाख थियो। अहिले नेपाल बैंकको चुक्ता पुँजी अहिले १४ अर्ब ६९ करोड छ। बैंकले वि.सं. २०८० असार मसान्तसम्म दुई खर्ब ४४ अर्ब निक्षेप संकलन गरी एक खर्ब ८४ अर्ब कर्जा प्रदान गरेको छ। बैंकका अनुसार प्रत्येक वर्ष सञ्चालन मुनाफा समेत बढिरहेको छ।

बैंकका अनुसार बढ्दो प्रतिस्पर्धात्मक बैंकिङ व्यवसायमा यस बैंकले एक उत्कृष्ट बैंकको स्थान कायम राख्ने दिर्घकालीन रणनीतिका साथ अगाडि बढिरहेको छ। विगत लामो समयदेखि नेपाल बैंकले उच्च नाफा आर्जन गरी सेयरधनीहरूलाई आकर्षक प्रतिफल समेत दिँदै आएको छ।



हाल नेपाल बैंकले ७१ जिल्लामा शाखा सन्जाल विस्तार गरेको छ। नेपाल बैंकले दुई सय २८ शाखामार्फत कारोबार, २ सय ४ वटा एटिएम तथा ५८ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवाग्राहीलाई सेवा दिँदै आएको छ। 

बैंकले नेपालीहरूको वित्तीय पहुँच अभिवृद्धि गर्नमा योगदान पुर्‍याएको दाबी गरेको छ। यसका साथै आफ्नो सेवालाई सूचना प्रविधि मैत्री बनाउँदै आगामी दिनमा नेपालभर आफ्ना शाखा सन्जाल विस्तार गरी सेवा सुविधाहरूलाई थप परिस्कृत गर्दै सेवाग्राहीलाई सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap