२०८२ मंसिर २९

संसदीय समितिमा यी हुन् कांग्रेसका प्रस्तावित सभापति : आरजुलाई कृषि




काठमाडौं । नेपाली कांग्रेसले आफूले पाएका चार संसदीय समितिका सभापतिको प्रस्तावित नाम तयार पारेको छ ।


Advertisement


सभापति शेरबहादुर देउवापत्नी समेत रहेकी सांसद आरजु राणालाई कृषि, सहकारी तथा प्राकृतिको स्रोत समिति, केन्द्रीय सदस्य एवं सांसद रामहरि खतिवडालाई राज्य व्यवस्था तथा सुशासन समिति, सहमहामन्त्री समेत रहेका सांसद जीवन परियारलाई संसदीय सुनुवाइ समिति र सांसद सन्तोष चालिसेलाई अर्थ समितिको सभापति बनाउने प्रस्ताव गरिएको छ ।



“अझै प्रस्तावित नाममा छलफल जारी रहेकाले टुंगो लागिसकेको छैन,” एक नेताले भने ।

Copy link