२०८३ कार्तिक १२

प्रमुख प्रतिपक्षको आवाज दबाउन सदनमा सत्तापक्षले विरोध गर्‍यो : रघुजी पन्त




काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद रघुजी पन्तले प्रमुख प्रतिपक्षको आवाज दबाउन सत्तापक्षले नै संसद्मा विरोध गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए ।


Advertisement


संसद्मा आज प्रमुख प्रतिपक्ष बोल्दै गर्दा सत्तापक्षले उभिएर विरोध जनाएको घटना संसद्मा पहिलोपटक देखेको पनि उनले बताए । सत्तापक्षका सांसदले प्रमुख प्रतिपक्षलाई बोल्न नदिने कुरा संसदीय मान्यताविपरीत भएको उनले जिकिर गरे ।



“संसद्मा बिरलै देखिने दृश्य आज देखियो । सामान्यतया संसद् सत्तापक्षले चलाउन चाहन्छ, प्रतिपक्षले आफ्ना कुरा राख्न चाहन्छ । संसद् सुरु भएर मुख्य प्रतिपक्ष दलको सांसद माननीय ज्वाला साहलाई सभामुखले बोल्न समय दिनासाथ सत्ता पक्षका सबै सांसदहरु उठेर उहाँलाई बोलेको कुरा नसुनिने गरी होहल्ला गरेर बोल्नै नदिने अवस्था भयो,” उनले भने, “यो संसदीय मान्यताअनुसार भएन । आज संसद् चल्नै नदिने कुरामा योभन्दा अघि पनि र आज पनि त्यो अवस्था देखियो । योभन्दा अघि मैले यो दृश्य संसद्मा देखेको छैन ।”

सांसद पन्तले सीआईबी र राजस्व अनुसन्धानलाई असर नपर्ने गरी सुन तस्करी प्रकरणको अनुसन्धान गर्न संसदीय छानबिन समिति बनाउन सरकारलाई केले रोकेको हो भन्दै प्रश्न गरे ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap