२०८३ कार्तिक २९

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, सभापति देउवाले जवाफ दिने




काठमाडौं । कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ । साउन २ गतेदेखि सुरु भएको कांग्रेस केन्द्रीय समिति बैठक सोमबारसम्म बसेको थियो । सोमबारबाट स्थगित बैठक आज पुनः बस्न लागेको हो ।


Advertisement


बैठकमा सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ । आजको बैठकमा देउवाले जवाफ दिने कार्यक्रम छ । सभापति देउवाले आफूमाथि उठेका प्रश्नको जवाफ दिनेछन् ।




देउवाले केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य र पदाधिकारीले उठाएका प्रश्नको जवाफ दिनेछन् ।

पदाधिकारीसहित बसेर निर्णयको खाका तयार पारेपछि सभापतिले बोल्न लागेका हुन् । यसका लागि आज बिहान पदाधिकारी बैठक बस्दै छ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap