२०८३ कार्तिक २९

सुदूरपश्चिम प्रदेश ः विद्यार्थीका हात हातमा पाठ्यपुस्तक


Representative Image


शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न गरेको छ । बाजुरा जिल्लाबाट पाठ्यपुस्तक वितरण सुरुआत गरिएको केन्द्रका प्रादेशिक कार्यालय प्रमुख धुव्रराज पन्तले बताउनुभयो ।

“बाजुरासँगै बझाङ, दार्चुला, अछाम, डोटी, बैतडी, डडेल्धुरा जिल्लामा पाठ्यपुस्तक वितरण सकेका छौँं” उहाँले भन्नुभयो,“पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक शैक्षिक सत्र सुरु हुन अगावै पु¥याएका छौँं, तराईका कैलाली र कञ्चनपुरमा पाठ्यपुस्तक वितरण भइरहेको छ ।”


Advertisement


 सरकारको निर्देशन अनुसार विद्यार्थीको हातहातमा शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक पु¥याउनका लागि छिटोछरितो रुपमा कार्य अगाडि बढाइएको उहाँको भनाइ रहेको छ । विद्यायको मागका आधारमा पाठ्यपुस्तकका पूरै सेट उपलब्ध गराईएको उल्लेख गर्नुहुँदै उहाँले कैलाली र कञ्चनपुरमा पाठ्यपुस्तक वितरण सम्पन्न गरेपछि थप माग गरेका जिल्लाका विद्यालयमा आपूर्तिको कार्य गरिने बताउनुभयो ।

 उहाँका अनुसार सुदूरपश्चिमका विद्यालयमा १८ लाख थान पाठ्यपुस्तकको माग रहेको छ । सोमध्ये केन्द्रले हालसम्म नौ लाख थान पाठ्यपुस्तक वितरणकोकार्य गरेको छ । माग अनुसारका पाठ्यपुस्तक वैशाख महिनाभित्रै वितरण गरिसक्ने कार्यालय प्रमुख पन्तले बताउनुभयो ।


केही जिल्लाका थोरै विद्यालयमा रकम निकासाको कार्य ढिलो हँुदा पाठ्यपुस्तक आपूर्ति गर्न नसकिएको केन्द्रका कर्मचारी नरेश भण्डारीले बताउनुभयो । रकम निकासा पठाएसँगै पाठ्यपुस्तक वितरणको कार्य गरिने उहाँको भनाइ रहेको छ ।“पाठ्यपुस्तक बोकेका दुई वटा गाडी आउने क्रममा छन्” उहाँले भन्नुभयो, “एउटा गाडी भोलि आइपुग्छ, अर्को गाडी पर्सी आइपुग्छ, दुई गाडी किताब आएसँगै प्रदेशमा पाठ्यपुस्तकको माग पूरा हुन्छ ।”

छपाइ समयमै सम्पन्न हँुदा विगतका वर्षमा हुँदै आएको पाठय्यपुस्तकको अभावलाई पूर्ति गर्न सकिएको बताइएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ६ स्थित बैजनाथ माध्यमिक विद्यालय कसरौलका प्रधानाअध्यापक वीरेन्द्रबहादुर सिंहले विगतमा पाठ्यपुस्तकको अभावमा पढाइको कार्य प्रभावित हँुदै आएको बताउनुभयो ।

“सुगमको जिल्ला भए पनि कञ्चनपुरका सबै विद्यालयमा विगतमा पूरै पाठ्यपुस्तक पाउन सकिएको थिएन” उहाँले भन्नुभयो, “पाठपुस्तक प्राप्त गर्न नसक्दा पढाइका लागि इन्टरनेटबाट शिक्षकले सन्दर्भ सामग्री र पाठ्यपुस्तक डाउनलोड गरी पढाउने कार्य हँुदै आएको थियो, चालु शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलव्ध गराइने अश्वासन पाएका छौंँ, कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक आइपुगेका छन, कक्षा ६ देखि १२ सम्मका पाठ्यपुस्तक केही दिनभित्रै आइपुग्ने जानकारी प्राप्त भएको छ ।”
स्थानीय तहले पाठ्यपुस्तक खरिदका लागि विद्यालयलाई निकाशा रकम पठाउने कार्य गरेका छन । शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखाका दिपेन्द्र जोशीका अनुसार विद्यालयलाई पाठ्यपुस्तक खरिदका लागि ७५ प्रतिशत रकम निकासा पठाइसकिएको छ । पाठ्यपुस्तक वितरणका लागि सुदूरपश्चिम प्रदेशका एक सय ७३ पुस्तक पसल जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा सूचीकृत गरिएका छन् । यसैबीच कञ्चनपुरका विद्यालयमा विद्यार्थी भर्ना अभियान कार्यक्रमलाई अगाडि बढाइएको छ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap