२०८३ कार्तिक २९

युवा सहभागिता बढाउन जोड




दिगो विकास लक्ष्य हासिल गर्नका लागि युवा सहभागिता बढाउनुपर्नेमा युवाहरुले जोड दिएका छन् । युथ एड्भोकेसी नेपालले आईतबार यहाँ आयोजना गरेको ‘पाँचाँै नेपाल युवा दिगो विकास लक्ष्यसम्बन्धी भेला’का वक्ताले दिगो विकास लक्ष्यका क्षेत्रमा युवाको अर्थपूर्ण सहभागीता हुनुपर्नेमा जोड दिएका हुन् ।


Advertisement


कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालले विश्वका एक सय ९३ वटै देशले दिगो विकास लक्ष्यलाई पूरा गर्न प्रतिबद्ध भएको बताउनुभयो । उहाँले दिगो विकासका १७ लक्ष्यमध्ये नेपालले १६ मा काम गर्ने प्रतिबद्धता जनाएको स्पष्ट पार्नुभयो ।

युथ एड्भोकेसी नेपालका पूर्वअध्यक्ष नरेन खतिवडाले सन् १९८० को दशकमा संयुक्त राष्ट्रसङ्घमा दिगो विकास लक्ष्यसम्बन्धी अवधारणा सुरु भए पनि सन् २०१५ बाट मात्र विश्वव्यापी रुपमा दिगो विकास लक्ष्य लागू भएको बताउनुभयो । उहाँले दिगो विकास लक्ष्यलाई पूरा गर्न सरकार तथा गैरसरकारी क्षेत्रबाट पहलकदमी भएको भएपनि यसको कार्यान्वयनमा अझै चुनौती रहेको बताउनुभयो ।



युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले दिगो विकासमा युवाको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । “दिगो विकास लक्ष्यका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रअन्तर्गत सामाजिक, आर्थिक र राजनीतिकलगायतका क्षेत्रमा काम गरिरहेको छ”, उहाँले भन्नुभयो । दिगो विकास लक्ष्य पूरा गर्न स्रोत साधनको कमी, जलवायु परिवर्तन नीतिगत समन्वयको अभाव, गुणस्तरीय शिक्षाको अभाव रहेको उहाँको भनाइ थियो ।

दलित महासङ्घका उपाध्यक्ष त्रिलोचन लोक्य, यौनिक अल्पसङ्ख्यक समुदायकी अध्यक्ष पिङ्की गुरुङलगायतले दिगो विकास लक्ष्य योजनाले अघि बढाएका १७ उद्देश्य पूरा गर्न युवाको भूमिका महत्वपूर्ण हुने बताउनुभएको थियो ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap