२०८३ कार्तिक १२

भक्तपुरमा एकै परिवारका तीन जना मृत फेला

साभार: सेतोपाटी

भक्तपुरमा एकै परिवारका तीन जनाको शव फेला परेको छ।

मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका तीन जनाको शव फेला परेको प्रहरीले जनाएको हो।

महानगरीय अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक एसपी ईश्वर कार्कीका अनुसार शव शुक्रबार साँझ फेला परेको हो।


Advertisement


‘हामी घटनास्थलमै छौं, अहिले कारण के हो खुल्न सकेको छैन,’उनले भने,’हामी  अनुसन्धान गर्दैछौं।’

यसरी मृत फेला पर्नेमा सुदिप अधिकारी, सम्झना अधिकारी र उनीहरुका छोरा सुशान्त अधिकारी छन्।

‘घरको एउटा कुकुर पनि मृत फेला परेको छ, अनुसन्धान गरिरहेका छौँ’ भक्तपुर महानगरीय प्रहरी परिसरकी उपरीक्षक तारादेवी थापाले भनिन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap