२०८३ कार्तिक १३

झापा पुगेर उपप्रधान तथा ऊर्जामन्त्री लिङ्देनले भने- स्वर्णिम युगको सुरूवात भयो




उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वर्णिम युगको सुरूवात भएको बताएका छन्। 


Advertisement


उपप्रधानमन्त्री भएपछि पहिलोपटक गृह जिल्ला झापामा आएका उनले अहिलेसम्म पछि परेको क्षेत्रमा विकासको युग सुरूवात भएको बताए। 

आइतबार कमलधामस्थित संयुक्त धार्मिकस्थलमा आयोजित २८५९ औं सोनाम ल्होसार कार्यक्रममा उनले यस क्षेत्रको विकासमा पूर्वाग्रह नराखी सबैलाई सहयोग गर्न आग्रह समेत गरे।



हरेक वर्ष एक-एक वटा जनावर तथा चराचुरूंगीको नाममा फेरिने ‘ल्हो’ अर्थात् वर्ग अनुसार यो वर्ष बाघ वर्गलाई बिदा गरी बिरालो वर्गलाई स्वागत गरिएको वर्ष हो।

पद्मछोयोलिङ गुम्बामा आयोजित कार्यक्रममा १ नं प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला लगायतको सहभागिता थियो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap