२०८३ कार्तिक १३

सुदूरपश्चिम प्रदेश सभामा उपसभामुखका लागि दुई जनाकाे उम्मेदवारी 




सुदूरपश्चिम प्रदेश सभाकाे उपसभामुखका लागि दुई जनाकाे उम्मेदवारी परेकाे छ।


Advertisement


प्रदेशको उपसभामुखको लागि सत्ता गठबन्धनबाट एमालेकी कोइलीदेवी चौधरीले उम्मेदवारी दर्ता गरेकी छन्। यस्तै नेकपा एकीकृत समाजवादीबाट माया पन्त उपसभामुखका लागि उम्मेदवार भएकी हुन्।

यहाँ सत्तारूढ गठबन्धनबाट नागरिक उन्मुक्ति पार्टीको भागमा परेको उपसभामुख परेकाे थियाे।



तर, नागरिक उन्मुक्तिले तत्काल सरकारमा सहभागी नहुने र उपसभामुख पनि नलिने भनेपछि एमालेबाट उम्मेदवार बनाइएको हो
यसअघि मंगलबारनै सुदूरपश्चिम प्रदेशको सभामुखमा माओवादीका भीम भण्डारी निर्वाचित भइसकेका छन् उपसभामुखको निर्वाचन पनि आज नै हुने तालिका छ।

साँझ ४ बजेसम्म मनोनयन दर्ता गरेर ६ बजे निर्वाचन गर्ने तयारी भइरहेको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap