


काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासँग नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डेप्रेजले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
Advertisement


आयोगको कान्तिपथस्थित कार्यालयमा शिष्टाचार भेट भएको हो ।

भेटमा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको विषय र द्विपक्षीय सरोकारका विविध विषयमा छलफल भएको आयोगले जनाएको छ ।






