


बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला वलीको स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।मंगलबार राति करिब १२ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वलीलाई आज डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए ।
Advertisement


अहिले उनको अवस्था स्थिर रहेको र औषधि सेवन गर्नेगरी डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
उनी निकट स्रोतकाअनुसार यतिबेला उनी बुटवलस्थित आफ्नै निवासमा छिन् ।
मंगलबार बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा उनीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । मंगलबार राति मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा उनलाई बुटवलमा ल्याइएको थियो ।
यो घटनाबारे छानबिन गर्न लुम्बिनी प्रदेश सरकारले तीन सदस्यीय कार्यदल नै बनाएको छ ।






