२०८३ कार्तिक १२

अमेरिकी दूतावासले भन्यो– नेपालसँग सैन्य गठबन्धनका लागि अमेरिकाले प्रस्ताव गरेको छैन




काठमाडौं । अमेरिकाले नेपाललाई स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी हुन दबाब नदिएको दाबी गरेको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत नेपालसँग कुनै पनि सैन्य गठबन्धन नभएको जनाएको छ । साथै उसले सैन्य गठबन्धनका लागि प्रस्तावसमेत नगरिएको दाबी गरेको छ ।



Advertisement



पछिल्लो केही दिनयता नेपालले अमेरिकासँग सैन्य गठबन्धनमा सहभागी हुने तयारी गरेको चर्चा चलिरहेको छ । जसलाई लिएर सरकारको आलोचना भइरहेको छ ।

अमेरिकी दूतावासले ‘तथ्य’ शीर्षक दिएर सामाजिक सञ्जालमार्फत नेपाल र अमेरिकाबीच १० बुँदे सहमति नभएको, अमेरिकाले नेपाललाई एसपीपीमा सहभागी हुन दबाब नदिएको तथा नेपालसँग कुनै पनि सैन्य गठबन्धन नभएको र प्रस्तावसमेत नगरिएको जनाएको हो ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap