२०८३ कार्तिक १२

स्वास्थ्य बिमा बोर्ड खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउन सकिन्न : स्वास्थ्यमन्त्री




काठमाडौं‌ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले स्वास्थ्य बिमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका छन् । 



Advertisement



बुधबार प्रतिनिधिसभामा जारी विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले घोषणा गरेको स्वास्थ्य बिमा बोर्डलाई खारेज गरेर कम्पनीमार्फत स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने बजेटको घोषणा कार्यान्वयन नगर्ने बताएका हुन् । 

उनले स्वास्थ्य बिमा कार्यक्रम, ऐनअनुसार नै आफू अगाडि बढ्ने भन्दै निःशुल्क औषधि वितरणमा स्वास्थ्य केन्द्रहरूबाट ७० थरी बाँड्ने गरिएकोमा अब ९८ थरिका औषधि बाँड्न थालिएको मन्त्रीले खतिवडाले बताए । उनले स्वास्थ्य बिमाको लागि पनि ११ सय ३३ किसिमका औषधि समावेश गरिएको जानकारी दिए ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap