२०८३ कार्तिक १४

स्थापितको विरोधमा विज्ञप्ति निकाल्ने ४५ संस्थालाई आयोगको निर्देशन– २४ घण्टाभित्र हटाउनू 

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिकाका उमेदवार केशव स्थापितको उमेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गर्ने ४५ वटा गैर सरकारी संस्थालाई पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।


Advertisement


स्पष्टीकरणसहित उनीहरुले निकालेको विज्ञप्ति २४ घण्टाभित्र हटाउन पनि भनेको छ ।

“आरोप लागेको व्यक्तिलाई सम्बन्धित दलले उमेदवार बनाउन हुन्थ्यो कि हुँदैनथ्यो त्यो सम्बन्धित पार्टीको कुरा हो, तर विज्ञप्तिमा उमेदवारी खारेजीको माग गरिएको थियो,” आयोग स्रोतले भन्यो, “यो गैर सरकारी संस्थाको मामिलाको विषय होइन । यो पार्टीको आन्तरिक मामिला हो । लायक नि नालायक भनेर जाच्ने काम जनताको हो । त्यसकारण जुन उद्देश्यले स्थापना भएको हो त्यही काम गर्नू । कुन कानुनअनुसार माग गरेका हौ ? २४ घण्टाभित्र हटाएर जानकारी गराउनू भनेर स्पष्टीकरण सोधका हौँ ।”

आयोग स्रोतले दिएको जानकारीअनुसार स्थापितले बोलेका विषयमा पनि स्पष्टीकरण यसअघि नै मागिएको छ । स्थापितले राखेका धारणालाई लिएर ४५ वटा संघ संस्थाले उमेदवारी खारेजीको माग गर्दै विज्ञप्ति जारी गरेका थिए ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap