२०८३ कार्तिक १३

रोनाल्डोको गोलमा हारबाट जोगियो युनाइटेड

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र चेल्सीले बराबरी खेल्दै अंक बाँडेका छन् ।


Advertisement


ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा चेल्सी र युनाइटेडले १–१ गोलको बराबरी खेलेका हुन्।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चेल्सीले मार्कोस एलोन्सोको गोलमार्फत ६० औं  मिनेटमा अग्रता लिएको थियो।
तर त्यसको दुई मिनेट पछि नै युनाइटेडले बराबरी गोल फर्कायो।

उसका लागि क्रिष्टियानो रोनाल्डोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो।

यो बराबरीसँगै चेल्सी ६६ अंकका साथ तेस्रो स्थानमा रहँदा युनाइटेड ५५ अंकका साथ छैठौं स्थानमा छ।

तालिकाको शीर्ष स्थानमा रहेक म्यान्चेष्टर सिटीको ८० अंक भएको छ भने दोस्रो स्थानमा रहेको लिभरपुलको ७९ अंक पुगेको छ।  समान खेलबाट ६० अंकसहित आर्सनल चौथो र ५८ अंकसहित टोटेनह्याम पाँचौ स्थानमा छन्। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap