२०८३ कार्तिक १२

एपिएफलाई हराउँदै आर्मीले जित्यो राष्ट्रिय कबड्डीको उपाधि

मुख्यमन्त्री राष्ट्रिय पुरूष कबड्डी प्रतियोगिताको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।


Advertisement


बुधबार भएको फाइनलमा अर्को विभागीय टिम नेपाल एपिएफ क्लबलाई हराउँदै आर्मीले उपाधि जितेको हो।

उपाधि भिडन्तमा आर्मीले एपिएफलाई ४०–१६ ले हरायो।

कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले नगद एक लाख ५० हजार पुरस्कार पाएको छ।

उपविजेता एफिएफले नगद ८० हजारमा चित्त बुझाएको छ। सेमिफाइनल पुगेका दुई टोली सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले ४०/४० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रबर्द्धक रहेको प्रतियोगिताका विजयी खेलाडीहरुलाई दुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री गोविन्द बोहोरा, प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दिपकबहादुर सिंह र कैलाली जिल्ला कबड्डी संघका अध्यक्ष कमल पन्तले पुरस्कार प्रदान गरे।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap