२०८३ कार्तिक १२

तालमेलको निर्णय गर्ने अधिकार स्थानीय पार्टी समितिलाई छ: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अरू दलसँग तालमेल गर्ने कि नगर्ने भन्ने पार्टीको स्थानीय तहकै कार्यसमितिले निर्णय गर्ने बताएका छन्।


Advertisement


नेविसंघले आज काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले तालमेल गर्ने वा नगर्ने भन्ने तय स्थानीयस्तरकै संरचनाले गर्ने केन्द्रीय समितिको निर्णय भएको बताए।

‘स्थानीय तहको आवश्यकता र औचित्य छ कि छैन पार्टीको स्थानीय तहले भन्न पाउने हो कि होइन?,’ उनले भने, ‘तालमेल गर्ने कि नगर्ने निर्णय स्थानीयस्तरबाटै गर्न पाउनुपर्छ।’

महानगर र उपमहानगरको भने पार्टी केन्द्रले चुनावी तालमेलको निर्णय गर्ने उनले बताए। ‘महानगर र उपमहानगर केन्द्रबाट हुन्छ अरू तालमेल गर्ने कि नगर्ने स्थानीयस्तरमै साथीहरूले छलफल गरेर निर्णय गर्न सक्नुहुन्छ,’ उनले भने।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap