२०८३ कार्तिक १४

निर्वाचन रोक्ने षड्यन्त्र भएको छ, हामी निस्तेज पार्छौं: एमाले

नेकपा एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आरोप लगाएको छ।


Advertisement


सोमबार राती एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा सम्पन्न एमाले सचिवालय बैठकले सरकारले निर्वाचन सार्ने षड्यन्त्र गरेको आभाष भएको भन्दै त्यसको कडा प्रतिवाद गर्ने निष्कर्ष निकालेको हो।

निर्वाचन रोक्ने षड्यन्त्र निस्तेज पारिने एमाले प्रचारप्रसार विभाग प्रमुख एवम् उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

कुनै अलमलमा नपरी निर्वाचनको तयारीमा जुट्न जिल्ला, पालिका र वडा कमिटीलाई निर्देशन दिइएको पनि गुरुङले बताए।

त्यस्तै एमालेले उम्मेदवारको सूचीमा रहेकाहरूलाई प्रदेशसभा र संघको बन्दसूचीबाट हटाउने निर्णय समेत गरेको छ। ती नाम हटाउन निर्वाचन आयोगलाई पत्र लेख्ने उनले बताए। 

एमालेले एक सय ७३ सदस्यीय सल्लाहकार परिषदमा एक सय पाँच जना थपेर दुई सय ७८ सदस्यीय बनाउने भएको छ।

त्यस्तै पार्टी केन्द्रीय कार्यालय वैशाख ९ गतेबाट तुलसीलाल अमात्य प्रतिष्ठानमा सार्ने निर्णय समेत भएको गुरुङले जानकारी दिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap