२०८३ कार्तिक १३

कांग्रेस काठमाडौं महानगर समितिको बैठकमा मलाई बोलाइएन: प्रगतिमान रञ्जित

नेपाली कांग्रेस काठमाडौं महानगर कार्यसमितिको बैठकमा आफूलाई नबोलाइएको प्रगतिमान रञ्जितले बताएका छन्।


Advertisement


१४ औं महाधिवेशनअन्तर्गत काठमाडौं महानगरको अधिवेशनमा उनी सभापति पदमा नीलकाजी शाक्यसँग पराजित भएका थिए।

कांग्रेस विधानअनुसार निकटतम प्रतिस्पर्धी पनि स्वत सदस्य रहने भएकोले कार्यसमिति बैठकमा बोलाउनुपर्ने व्यवस्था छ।

‘मलाई महानगर कार्यसमितिले अहिलेसम्म बैठकमा बोलाएको छैन,’ प्रगतिमानले भने, ‘आज मेयरका लागि नाम सिफारिस गर्नेजस्ता एजेन्डामा छलफल गरिएछ। म पनि आकांक्षी छु, आकांक्षा राख्छ भनेरै बैठकमा नबोलाइएको हो कि!’

उनले विधान ख्याल गर्न पनि सभापतिलगायत कार्यसमितिलाई आग्रह गरेका छन्। आफूलाई बैठकबारे खबर नगरिएकोबारे कार्यसमितिका सदस्यमार्फत् जानकारी गराए पनि कुनै सुनुवाइ नगरिएको उनले गुनासो गरेका छन्।

तर कार्यसमितिका सचिव पुरूषोत्तम खकुरेलले भने प्रगतिमानलाई पनि बैठकमा बोलाउने गरिएको बताए।

‘हामीले सबैलाई बैठकमा बोलाउने गरिएको छ,’ उनले दाबी गरे, ‘उहाँले पनि मेयरमा आकांक्षा राख्नुभएको भन्ने सुनिएको छ। सबैले आकांक्षा राख्न पाइन्छ। आकांक्षा राख्नेको नाम सिफारिस गरिन्छ।’

कांग्रेस अधिवेशनमा शाक्यले ७८६ मत ल्याउँदा रन्जितले जम्मा ३२९ मत ल्याएका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap