२०८३ कार्तिक १४

काठमाडौंसहित तीन महानगर लिन कांग्रेसलाई गठबन्धनमा प्रस्ताव

नेपाली कांग्रेसलाई काठमाडौंसहित तीन महानगर लिन सत्तागठबन्धनका अन्य दलहरूले आग्रह गरेका छन्।


Advertisement


छ महानगरमध्ये काठमाडौं, ललितपुर र विराटनगर महानगर लिएर अन्य तीन महानगर अरू पार्टीलाई छाड्न गठबन्धनभित्र प्रस्ताव गरिएको छ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा आज बालुवाटारमा बसेको चुनावी तयारी तथा अनुगमन समितिको बैठकमा कुन महानगर कसले लिने भन्नेबारे छलफल भएको थियो।

बैठकमा पोखरा महानगर नेकपा एकीकृत समाजवादीले आफूहरूले पाउनुपर्ने माग गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले भरतपुर महानगरमा आफूहरूलाई सघाउनुपर्ने माग गरेको छ।

यस्तै वीरगञ्ज महानगर जसपाले दाबी गरेको छ। ‘कांग्रेसले सबै महानगरमा मेयर दाबी गरिरहेको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘कांग्रेसलाई तीन महानगर लिएर अन्य तीन महानगर अरू दललाई छोड्न भनिएको हो।’

बैठकमा ११ उपमहानगरपालिका कहाँ कसले लिने भन्नेबारे पनि छलफल भएको थियो। तर आज कुनै निर्णयमा सत्तागठबन्धन पुगेको छैन। फेरि छलफल गर्ने गरी आज बैठक सकिएको छ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कुन महानगर र उपमहानगर कसले लिने भन्नेबारे एक/दुई दिनमा सहमतिमा पुगिने पत्रकारहरूलाई बताए।

सत्तागठबन्धनका शीर्ष नेताहरू सहभागी आज बिहानको बैठकले सोमबारसम्म महानगर र उपमहानगरमा भागबन्डा गरिसक्ने सहमति गरेका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap