२०८३ कार्तिक १२

माधव नेपालको चुनावी सन्देश- एमाले छोडेर किन विद्रोह गर्ने अवस्था आइलाग्यो तथ्य र प्रमाणहरू पस्किनुस् (भिडिओ)

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले एमाले छोडेर किन विद्रोह गर्ने अवस्था आइलाग्यो तथ्य र प्रमाणहरू जनतासामू पस्किन पार्टीका नेता/कार्यकर्तालाई आह्वान गरेका छन्। 


Advertisement


स्थानीय चुनावका लागि भिडिओ सन्देश जारी गर्दै नेपालले आफ्नो पार्टी गठनको औचित्यबारे जनतालाई भन्न आग्रह गरेका छन्।

‘हामीले किन हाम्रो पुरानो पार्टी एमाले छोडेर विद्रोह गर्नुपर्‍यो। एक-एक प्रमाण र तथ्य दिनुस्। त्यसपछि विपक्षीले केही बोल्न सक्ने छैनन्। झूटा आरोपमा चोटिलो जवाफ दिनुस्,’ नेपालले भनेका छन्। 

उनले आफ्नो पार्टीको नीति कम्युनिष्ट आन्दोलनको हितको खातिर अघि बढाएको पनि उल्लेख गरेका छन्। 

नेकपा एमालेलाई लक्षित गर्दै उनले त्यो कम्युनिष्ट पार्टीले बाटो बिराएको बताएका छन्।

‘उनीहरूले बाटो बिराएका छन्। दक्षिणपन्थी भासिएका छन्। उनीहरूमा व्यक्तिवाद छ। सत्तामा पुगेपछि त्यो अहंकार र दम्भमा परिणत भएको छ,’ नेपालले भनेका छन्,’ उनीहरूले लोकतान्त्रिक मान्यता मान्दैनन्। कमिटी प्रणाली मान्दैनन्। व्यक्तिको जय र व्यक्ति पूजाको प्रवृत्ति ती पार्टीमा देखिन्छ।’

नेपालले आफ्नो पार्टीले लक्ष्य चुनावदेखि चुनावसम्म नभई जनतादेखि जनतासम्म भएको बताएका छन्। 

हेर्नुस् भिडिओ:


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap