२०८३ कार्तिक १२

ओलीले लमजुङ पुगेर भने- अब एमाले प्रतिपक्षमा बस्दैन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टी प्रतिपक्षमा बस्ने पार्टी नभएको बताएका छन्।


Advertisement


लमजुङको घलेगाउँमा शुक्रबार आयोजित कार्यक्रलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले एकछिनका लागि प्रतिपक्षमा भए पनि अब एमाले प्रतिपक्षमा नबस्ने दाबी गरेका हुन्।

‘यहाँहरूलाई थाहा छ, अहिले नेकपा एमाले एक छिनका लागि प्रतिपक्षमा छ, अब एमाले प्रतिपक्षमा बस्ने जमाना होइन। जालझेल गरेर एक छिन प्रतिपक्षमा पुर्‍याए पनि हामी फेरि सरकारमा पुग्छौं’, उनले भने, ‘यसलाई लागि तपाईहरूको सहयोग र साथ चाहिन्छ।’

एमालेले देश र जनताको आकांक्षा बुझेको दाबी गर्दै समृद्धिका लागि आफ्नो पार्टी अग्रसर रहेको स्मरण गराए।

‘एमालेले जनताको चाहना बुझेको छ। जनताको समृद्धिको चाहना बुझेको छ। त्यसैले समृद्धिका लागि एमाले अग्रसर छ’, उनले भने,‘बाटा घाटा विद्यालय, खानेपानी, अस्पताल हुनुपर्छ त्यो एमालेले बुझेको छ।’

अध्यक्ष ओलीले घलेगाउँको बाजागागाँका लागि २ लाख रूपैयाँ सहयोग दिनेसमेत बताए।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको उनको भनाई छ। ‘आजकल त जनताहरू भोट के मा भन्ने वित्तिकै यसो औला लाउँछन्,’ सूर्यतिर औला देखाउँदै उनले भने।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap