२०८३ कार्तिक १२

सीताराम यचुरी फेरि बने भारतीय कम्युनिष्ट पार्टीको महासचिव

भारतको कम्युनिष्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) को महासचिवमा फेरि सीताराम यचुरी निर्वाचित भएका छन्।


Advertisement


केरलाको कान्नुरमा आइतबार सकिएको उक्त पार्टीको २३ औं महाधिवेशनले यचुरीलाई तेस्रो पटक महासचिव चुनेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

महाधिवेशनले ८५ सदस्यीय केन्द्रीय कमिटी पनि निर्वाचित गरेको छ।

६९ वर्षीय यचुरी राज्य सभाका पूर्व सदस्य हुन्। कम्युनिष्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) भारतको सबैभन्दा ठूलो कम्युनिष्ट घटक हो।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap