२०८३ कार्तिक १३

बालुवाटारमा सत्तागठबन्धनको चुनावी समिति बैठक जारी

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तागठबन्धनले बनाएको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठक बसेको छ।


Advertisement


आज अपरान्ह ४ बजेदेखि बैठक बसेको हो।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा रहेको समितिमा पाँच दलका प्रतिनिधिसहित १० जना छन्।

बैठकमा चुनावी तालमेलको ढाँचाबारे छलफल भइरहेको एक नेताले बताए। पाँचदलीय गठबन्धनले वैशाखमा हुने चुनावमा मिलेर जाने सहमति गरिसकेका छन्।

तर कसरी तालमेल गर्ने भन्नेबारे छलफल जारी छ। ०७४ को मतका आधारमा तालमेल गर्ने वा अरू कुनै ढाँचा बनाएर जाने भन्नेमा बहस भइरहेका छन्।

जिल्लाबाट कुन पालिकामा कुन दलको कस्तो अवस्था छ भन्नेबारे आएको प्रतिवेदन अध्ययन गरेर चुनावी ढाँचा तय गर्ने गठबन्धनमा रहेका दलहरूको तयारी छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap