२०८३ कार्तिक १३

अनुदान वा सस्तो ब्याजमा ऋण पाए रेलवे बनाउन सकिन्छ, नत्र सकिन्न: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेलमार्ग बनाउन सकिने बताएका छन्।


Advertisement


आज काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले रेलमार्गमा लगानी गर्ने हो भने नेपालीहरू झन् समस्यामा पर्न सक्ने बताए।

उनले व्यापार घाटा बढ्दो रहेकोले अहिलेकै अवस्थामा रेलमार्ग बनाउन गाह्रो हुने बताएका हुन्।

‘यहाँ कुरा आयो, रेल त आवश्यकता छ। तर धेरै खर्च लाग्न सक्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेलवे बनाउन सकिन्छ। फाइदाजनक पनि हुन्छ।’

नेपालमा व्यापारघाटा बढेकोले रेलमार्ग बनाउनेजस्ता काम अहिले गर्न नसकिने देउवाको भनाइ थियो।

‘रेलमार्ग बनाएर थप समस्यामा पर्न हुन्न, व्यापार घाटा बढेको छ,’ उनले भने।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap