२०८३ कार्तिक १३

भारत भ्रमण सकेर फर्किए प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन्। प्रधानमन्त्री देउवा नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट केहीबेरअघि काठमाडौं आइपुगेका हुन्। 


Advertisement


गत असारमा प्रधानमन्त्री बनेपछि देउवा शुक्रबार पहिलो पटक छिमेकी भारतको भ्रमणमा गएका थिए।

शनिबार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पक्षीय वार्ता भएको थियो। वार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपाल-भारतबीच रहेको सीमा विवादको स्थापित संयन्त्रबाट हल गर्न आग्रह गरेका थिए। 

आज प्रधानमन्त्री देउवा उत्तर प्रदेशको धार्मिक सहर बनारस पुगेका थिए। बनारसमा प्रधानमन्त्री देउवाले विभिन्न मन्दिरमा पूजाआजा गर्नुका साथै नेपाल सरकारले बनाउन लागेको वृद्धाश्रमको शिलान्यास गरेका थिए। 

नयाँदिल्लीस्थित नेपाली राजदूत शंकर शर्माले प्रधानमन्त्री देउवाको भ्रमण सफल भएको बताएका छन्। यो भ्रमण दुई देशको सम्बन्ध र आत्मविश्वासलाई मजबुद् बनाउन फलदायी रहेको उनको भनाइ छ।  


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap