२०८३ कार्तिक १२

मतगणना स्थलहरूमा सिसिटिभी जडान हुने

वैशाख ३० गते हुने स्थानीय तहको चुनावको लागि मतगणना स्थलमा सिसिटिभी जडान हुने भएको छ।  


Advertisement


निर्वाचन आयोग मन्त्रालयका सहसचिव तथा प्रवक्ता शालिग्राम शर्मा पौडेलले सबै मतगणना स्थलमा सिसिटिभी जडान गर्न पत्राचार गरेको बताए। 

आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई यसअघि नै पत्राचार गरेको थियो। 

‘सबै मतगणना स्थलमा सिसिटिभी जडान गर्न पत्राचार भएको छ। तर भौगोलिक र बिजुलीका कारण सबै मतगणना स्थलमा सिसिटिभी जडान गर्न सम्भव नहोला,’ उनले भने।

मतगणना स्थलमा सिसिटभी जडान गर्न प्राय: स्थानीय तह सकारात्मक नै भएको उनले बताए।

‘सिसिटिभी जडान गर्न स्थानीय तहबाट सकारात्मक प्रतिक्रिया आएको छ,’ उनले भने। आयोगले केही मतदान केन्द्रमा पनि सिसिटिभी जडान गर्ने तयारी गरेको छ। 

निर्वाचन आयोगले सीसीटीभी क्यामेरा जडान गरेपछि केन्द्रबाटै अनुगमन गर्ने समेत बताएको छ। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap