२०८३ कार्तिक १२

राजविराज द किङलाई सप्तरी प्रिमियर लिगको उपाधि

चौंथो संस्करणको राजविराज सप्तरी प्रिमियर लिगको उपाधि राजविराज द किङले जितेको छ।


Advertisement


राजविराजस्थित राज रंगशालामा सम्पन्न फाइनलमा द किङले तिलाठी कोइलाडी जायन्ट्सलाई २९ रनले पराजित गर्‍यो।

राजविराज द किङले दिएको १३९ रनको लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीले १७.४ ओभरमा १०९ रनमा अलआउट भयो।

लक्ष्य पछ्याउने क्रममा तिलाठी कोइलाडीका भुवन कार्कीले ३२ तथा सुनिल धमलाले ३० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

राजविराज द किङका बलर नन्दन यादव र अनिल यादवले ३/३ विकेट, फिर्दोश अन्सारीले २ तथा रूपेश कुमार सिंहले १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको राजविराज द किङले १९.१ ओभरमा १३८ रनमा सम्पूर्ण विकेट गुमाएको थियो।

द किङको ब्याटिङमा ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाए जुन क्रममा ४४ बलमा ५ चौका र ८ छक्का प्रहार गरे। रूपेश सिंहले १४ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

तिलाठी कोइलाडीको बलिङमा अविशेक कार्कीले सर्वाधिक ४ विकेट लिए जुन क्रममा ३ ओभरमा १६ रन खर्चिए। जितेन्द्र यादव र योगेन्द्र सिंह कार्कीले २/२ विकेट लिए।

उपाधि सहित राजविराज द किङले तिन लाख रूपैयाँ तथा उपविजेता तिलाठी कोइलाडीले एक लाख पचास हजार रूपैयाँ प्राप्त गर्यो।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी तिलाठी कोइलाडी जायन्ट्सका सुनील धमला घोषित भए जसले २५ हजार रूपैयाँ प्राप्त गरे।

उत्कृष्ट ब्याट्सम्यान राजविराज द किङका सन्तोष कार्की घोषित भए भने उत्कृष्ट बलर राजविराज द किंग्सका रूपेश कुमार सिंह घोषित भए।

उत्कृष्ट बलर र ब्याट्सम्यानले जनही १५ हजार रूपैयाँ प्राप्त गरे। यस्तै उदयमान खेलाडी तिलाठी कोइलाडीका अभिषेक कार्की घोषित भए जसले १५ हजार रूपैयाँ बराबरको क्रिकेट सामग्री प्राप्त गरे।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap