२०८३ कार्तिक १३

चुनावमुखी गठबन्धनले देशलाई उपलब्धि दिन सक्दैन: प्रदीप पौडेल

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले चुनावमुखी गठबन्धनले देशलाई उपलब्धि दिन नसक्ने बताएका छन्।


Advertisement


तर गठबन्धन गर्ने नै हो भने संविधान स्वीकार गर्ने दलहरूबीच हुनुपर्ने उनको भनाइ छ।

आज काठमाडौंमा आयोजित राजनीतिशास्त्री समाजले गरेको अन्तर्क्रियामा बोल्दै पौडेलले निर्वाचनमुखी गठबन्धनले मात्रै देशलाई उपलब्धि नदिने बताए।

‘चुनावमुखी गठबन्धनले चुनावमा जिताउन मात्रै काम गर्छ। यस्तो गठबन्धनले देशलाई उपलब्धि दिन सक्दैन,’ उनले भने।

उनले जनता र जनजिविकासम्बन्धी साझा एजेन्डा निर्माण गर्ने गठबन्धन मुलुकका लागि आवश्यक भएको उनको भनाइ थियो।

उनले ०७४ मा एमाले अध्यक्ष ओलीले स्थिरताका लागि भनेर गठबन्धन गरे पनि चुनाव जितेपछि अस्थिर बनेको आरोप उनले लगाएका थिए।

‘चुनाव जित्न ओलीले गठबन्धन गर्नुभयो, जितेपछि उहाँ जति अस्थिर कोही भएन,’ उनले भने, ‘त्यस्तो गठबन्धन गर्नुभएन। स्थिरताको पक्षमा देखिने गठबन्धन भने चाहिन्छ।’


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap