२०८३ कार्तिक १२

युक्रेनमा रहेका चिनियाँहरूलाई स्वदेश फर्काइँदै

युक्रेनमा रहेका आफ्ना नागरिकलाई चीनले हवाईजहानबाट उद्धार गरेर स्वदेश फर्काइरहेको छ।


Advertisement


चीनले आफ्ना नागरिकलाई स्वदेश फर्काइरहेको क्रममा सोमबार मात्र पनि बिहान एक जहाज युक्रेनबाट उत्तरपूर्वी   चीनको डालियान विमानस्थलमा आइपुगेको बताइएको छ।

सो जहाज स्थानीय समयानुसार बिहान ८:५० मा सो चीनको डालियान विमानस्थलमा अवतरण गरेको समाचारमा जनाइएको छ। चीन सरकारका अनुसार यसअघि पनि युक्रेनबाट १२ वटा जहाजमा आफ्ना नागरिक चीन ल्याइसकिएको छ।

युक्रेनमा थप चिनियाँहरु रहेका र उनीहरुलाई उद्धार गरी ल्याइने चिनियाँ अधिकारीहरूले जानकारी दिएका छन्। युक्रेनमा दुई हप्ता अघिदेखि रुसले आक्रमण गरिरहेको छ। रुसले उसको शब्दमा युक्रेनमा विशेष सैनिक कारबाही गरिरहेको छ।

जसका कारण यहाँको जनजीवन अस्तव्यस्त भएको छ। युक्रेनमा रहेका आफ्ना नागरिकलाई पश्चिमा देशहरूले पनि फिर्ता लगिसकेको जनाएका छन्। रासस/सिन्हा


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap