२०८३ कार्तिक ११

घरेलु टिमलाई हराउँदै आर्मीले जित्यो झापा गोल्डकपको उपाधि

पाँचौ संस्करणको झापा गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले चुमेको छ। डोमालाल राजवंशी रंगशालामा सोमबार भएको फाइनल भिडन्तमा घरेलु टिम झापा ११ लाई स्तब्ध पार्दै आर्मी च्याम्पियन बनेको हो।

तीन पटक फाइनलमा पुगेर पनि उपविजेतामा सीमित झापा ११ ले यसपटक उपाधि जित्न उच्च मनोबलका साथ मैदानमा उत्रिएको थियो। 


Advertisement


चौथो पटकको फाइनलमा आर्मीसँगको उपाधि भिडेको झापा-११ ले  २–१ गोलको हार बेहोर्‍यो। 

आर्मीका लागि टेकबहादुर बुढाथोकी र कप्तान जर्ज प्रिन्स कार्कीले गोल गरे। झापाका लागि एक गोल विमल घर्ति मगरले फर्काएका थिए।  

उपाधिसँगै आर्मीले नगद १२ लाख ५५ हजार र उपविजेता झापाले ६ लाख पाँच हजार रुपैयाँ नगद पाए।

फाइनल खेलको म्यान अफ द म्याच टेकबहादुर बुढाथोकी भए। उनले ९ हजार ९९९ रुपैयाँ पुरस्कार पाए। 

प्रतियोगिताको ‘मस्ट भ्यालुएबल प्लेयर’ झापाका डिफेन्डर देबेन्द्र तामाङ भए। उनले यामाहा कम्पनीको एक थान मोटरसाइकल पाए। 

गोल्डकपको सर्वाधिक गोलकर्ता विमल घर्तीमगर हुँदै नगद २५ हजार प्राप्त गरे। उनले प्रतियोगितामा खेलेका तीन खेलमा पाँच गोल गरेका थिए। 

प्रतियोगिताको बेस्ट डिफेन्डर झापाका मनोज राई, बेस्ट मिड फिल्डर झापाकै आन्द्रेस निया, बेस्ट किपर आर्मीका विकेश कुथु र वेष्ट कोच आर्मीका नवीन न्यौपाने घोषित भए। उनीहरुले जनही २१ हजार रुपैयाँ पाए । 

फागुन २१ गतेदेखि सुरु भएको झापा गोल्डकपमा भारतका दुई टिम, घरेलु टोली झापा–११ र सातवटा ए डिभिजन क्लबसहित दश क्लबको सहभागिता थियो।

 खेलमा भारतका मानेभञ्ज्याङ फुटबल क्लब, रेडपाण्डा फुटबल क्लब, घरेलु टोली झापा–११, आर्मी, नेपाल पुलिस क्लब, एपिएफ क्लब, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्रीस्टार क्लब र जावलाखेल युथ क्लबको सहभागिता थियो। 

झापा गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले झापाको सानका रुपमा रहेको झापा गोल्डकप आयोजना गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

उनले प्रतियोगिताबाट झण्डै ५० लाख रुपैयाँ बचत भएको आयव्यय सार्वजनिक गरे। फागुन २१ गते पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको प्रतियोगिता कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले समापन गरे।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap