२०८३ कार्तिक १२

एमाले प्रवेश गर्दै करिश्मा मानन्धर!

अभिनेत्री करिश्मा मानन्धर नेकपा एमालेमा प्रवेश गर्नेबारे छलफलमा जुटेकी छन्। 

नेपाली सिने क्षेत्रकी चर्चित नायिका मानन्धर एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बिहीबार बालकोट पुगिन्। 


Advertisement


ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवाल र दाङकी समानुपातिक सांसद गंगा चौधरीका साथमा मानन्धर एमाले अध्यक्ष ओलीलाई भेट्न बालकोट पुगेकी थिइन्। 

गोदावरी-३ वडामा बसोबास रहेकी मानन्धरलाई सांसद सिलवालले ओलीकहाँ पुर्‍याएका थिए। चिनजानको आधारमा चौधरी पनि साथमै गएकी थिइन्। 

बालकोटमा ओली र मानन्धरबीच केही समय कुराकानी भएको सांसद सिलवालले बताए। 

‘मेरो वडाबासी हुनुहुन्छ, कलाकारिता क्षेत्रमा लामो योगदान भएको मान्छे हो, पार्टीमा आएर काम गर्ने इच्छा देखाउनुभएको छ,’ सिलवालले भने। 

सिलवालका अनुसार अहिले पार्टीमा आबद्ध हुने विषयमा मात्रै छलफल भएको हो। कहिले प्रवेश गर्ने भन्ने टुंगो लागेको छैन। 

‘प्रवेशको टुंगो लागेपछि उहाँलाई कस्तो भूमिका दिने भन्ने टुंगो लाग्ला, अहिले छलफलमात्रै भएको छ,’ सिलवालले भने। 

नायिका मानन्धरले पनि एमालेमा आबद्ध हुनेबारे छलफल भएको स्वीकार गरेकी छन्।

‘बाहिर जे कुरा आएको छ, त्यही हो कुरा,’ उनले भनिन्। 

‘सुटिङमा रहेकाले’ यसबारे विस्तृतमा अहिले बताउन नमिलेको उनले प्रतिक्रिया दिइन्।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap