२०८३ कार्तिक १४

पन्जाबमा पराजित भए सिद्धु

भारतीय पूर्वक्रिकेटर नवोजित सिंह सिद्धु पन्जाबको विधान सभा चुनावमा पराजित भएका छन्।


Advertisement


अमृतसर पूर्वबाट उम्मेदवार बनेका सिद्धु बिहीबार भएको मतगणनामा पराजित भएको हिन्दुस्तान टाइम्सले जनाएको छ।

त्यहाँ आम आदमी पार्टीका जीवन ज्योत कौर निर्वाचित भएका छन्।

सिद्धु पन्जाबमा कंग्रेस आईका अध्यक्षसमेत थिए। अघिल्लो विधान सभा चुनावमा बहुमत ल्याएको कंग्रेस आई यही बीचमा विभाजन भएको थियो। विभाजित भएपछि कांग्रेसले १९ सिटमात्र जित्ने देखिएको छ।

११७ सदस्यीय विधान सभामा आपका उम्मेदवार ९१ सिटमा अगाडि रहेको टाइम्स अफ इन्डियाले जनाएको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap