२०८३ कार्तिक १३

राप्रपा नेपालले गर्‍यो पदाधिकारी तथा सदस्यको कार्य विभाजन

राप्रपा नेपालले पदाधिकारीहरू तथा सदस्यको कार्य विभाजन गरेको छ।

बुधबार अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले विभिन्न १० विभागमा पदाधिकारीको काम बाँडफाँट गरेको हो।


Advertisement


बैठकले अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा अध्यक्ष कमल थापा, आर्थिक विभाग प्रमुखमा उपाध्यक्ष उद्धव पौडेल, नीति तथा अनुसन्धान विभाग प्रमुखमा उपाध्यक्ष डा. विष्णु भण्डारीलाई जिम्मेवारी दिइएको छ।

यस्तै, सचिवालय प्रमुखमा महामन्त्री भास्कर भद्रा, प्रशिक्षण तथा स्थानीय निकाय विभाग प्रमुखमा महामन्त्री सुशील कुमार श्रेष्ठ, कार्यक्रम तथा व्यवस्थापन विभाग प्रमुखमा महामन्त्री इन्द्र चित्रकारलाई जिम्मेवारी तोकिएको छ।

संगठन विभाग प्रमुखमा महामन्त्री राजाराम बर्तौैला, प्रचार विभाग प्रमुखमा प्रवक्ता सुरेश आचार्य, महिला विभाग प्रमुखमा सहायक महामन्त्री ममता राई र सहकारी संस्था समन्वय विभाग प्रमुखमा केन्द्रीय सदस्य राजकुमार खड्का रहेका छन्।

यस्तै, बैठकले  देशका ७ प्रदेश, ७७ जिल्ला र ७५३ गाउँ तथा नगरपालिकाहरूमा राप्रपा नेपालको ईकाई समिति, भातृ संगठनहरूको संगठन विस्तार तथा सुदृढीकरण तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ।

यसैगरी, ‘जनताको माझमा राप्रपा नेपाल’ अभियान अन्तर्गत सातै प्रदेश राजधानीमा अन्तर्क्रियात्मक भेला २०७८ चैत महिनाभित्र आयोजना गर्ने समेत निर्णय भएको छ। काठमाडौं  उपत्यकामा हुने अन्तर्क्रिया कार्यक्रमको लागि उपाध्यक्ष उद्धव पौडेललाई जिम्मेवारी दिइएको छ।

स्थानीय तहहरूमा घरदैलो कार्यक्रम २०७८ चैत महिनाभित्र सञ्चालन गर्ने र कार्यसमिति गठन भइसकेका जिल्लामा कार्यसमिति गठन भएको २१ दिनभित्र अनिवार्य रूपले जिल्ला स्तरीय भेला आयोजना गर्ने निर्णय बैठकले गरेको छ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap