२०८३ कार्तिक १२

एमसीसीको पक्षमा पनि प्रदर्शन

काठमाडौँ — अमेरिकी सहायता परियोजना (एमसीसी) को विपक्षमा नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि राजधानीमा प्रदर्शन गरिएको छ । 


Advertisement


स्वतन्त्र नागरिक समाजको आयोजनामा बुधबार अनामनगरबाट सुरु भएको मोटरसाइकल र्‍यालीले माइतीघर मण्डलालगायत विभिन्न स्थानको परिक्रमा गरेको थियो ।

र्‍यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्‍यालीका सहभागीले ‘वेलकम एमसिसी’ लेखिएको ब्यानरसहित प्रदर्शन गरेका थिए ।

सरकारले बुधबार संसद्मा एमसीसी अनुमोदनका लागि पेस गर्ने भन्ने सूचनाका आधारमा विभिन्न राजनीतिक दल समर्थित नेता तथा कार्यकर्ता प्रदर्शनमा उत्रिएका हुन् । पक्ष र विपक्षमा गरिएका विरोध प्रदर्शनका कारण बुधबार राजधानीको यातायात सेवा केही प्रभावित भएको छ ।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap