२०८१ बैशाख १८

दक्षिण अफ्रिकाविरूद्ध भारतलाई अग्रता

भारतले दक्षिण अफ्रिकासँग दोस्रो टेस्ट खेलमा अग्रता लिएको छ। दोस्रो दिनको समाप्तिमा भारत दोस्रो इनिङमा २० ओभरमा ८५–२ को अवस्थामा छ। पहिलो इनिङमा २७ रनले पछि परेको भारतले समग्रमा ५८ रनको अग्रता लिएको हो।


Advertisement


भारतका चेतेश्वर पुजारा ३५ र अजिक्या रहाणे ११ रनमा अविजित छन्। यसअघि ओपनर मयंक अग्रवाल २३ र लोकेश राहुल ८ रन बनाएर आउट भएका थिए। 

दक्षिण अफ्रिका मार्को ज्यानसन र डुआने ओलिवियरले १–१ विकेट लिएका थिए।

दी वान्डरर्स स्टेडियम जोहानेसबर्गमा दक्षिण अफ्रिका पहिलो इनिङमा २ सय २९ रनमा अल आउट भयो। समग्रमा भारतले २७ रनको अग्रता लिएको थियो। दक्षिण अफ्रिका किगन पिटरसनले सर्वाधिक ६२ रन बनाए। टेम्बा बभुमाले ५१ रन बनाएर आउट भए। 

अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्। कप्तान डिएन एल्गरले २८ रन बनाउँदा मार्को ज्यानसन, केशव महाराज र विकेटकिपर काइल भेरेनेले समान २१–२१ रन बनाए। 

बलिङमा शार्दुल ठाकुरले १७.५ ओभरमा ३ ओभर मेडनसहित ६१ रन दिएर सर्वाधिक ७ विकेट लिए। टेष्ट करियरमा उनको यो हालसम्मकै उत्कृष्ट बलिङ हो। यसअघि यो प्रारूपमा शार्दुलको उच्च बलिङ प्रदर्शन ६१ रन दिएर ४ विकेट लिनु थियो। दक्षिण अफ्रिकाविरुद्ध भारतीय बलरले एक इनिङमा गरेको उत्कृष्ट प्रदर्शन पनि हो। 

त्यस्तै, मोहम्मद शामीले दुई र जसप्रित बुमराहले एक विकेट हात पारे। 

पहिलो पारीमा भारतीय टिम २०२ रनमा अलआउट भएको थियो। उसका लागि कप्तान केएल राहुलले मात्र अर्धशतकीय पारी खेल्न सकेका थिए। उनले १३३ बलमा ९ चौकासहित सर्वाधिक ५० रन बनाएका थिए।

विराट कोहलीको अनुपस्थितिमा दोस्रो टेष्टमा राहुलले कप्तानी गरिरहेका हुन्। त्यस्तै, रविचन्द्रन आश्विनले ४४, मयंक अग्रवालले २६, हनुमा बिहारीले २० र ऋषभ पन्तले १७ रनको योगदान दिएका थिए। जसप्रित बुमराहले ११ बलमा एक छक्का र दुई चौकासहित अविजित १४ रन बनाए ।

बलिङमा मार्को जेनसनले चार, कागिसो रबाडा र दाउने ओलिभियरले समान तीन-तीन विकेट लिएका थिए।

तीन खेलको सिरिजमा भारतले १-० को अग्रता बनाएको छ । पहिलो खेलमा उसले घरेलु टोली दक्षिण अफ्रिकालाई ११३ रनले हराएको थियो । भारत लगातार दोस्रो खेल जित्दै एक म्याच अगावै सिरिज जित्न चाहन्छ । दक्षिण अफ्रिका भने सिरिजमा जीवित रहन दोस्रो खेल जित्नैपर्ने दबाबमा छ ।

Copy link
Powered by Social Snap