२०८२ मंसिर २९

साफ उपविजेता फुटबलरले पाए पूर्वघोषित ५ लाख

नेपाली राष्ट्रिय फुटबल टिमलाई सरकारले नगद पुरस्कार प्रदान गरेको छ।


Advertisement


यसअघि सरकारले माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा दोस्रो भएको नेपाली टिमका खेलाडीलाई जनही ५ लाख रुपैयाँ दिने घोषणा गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार खेलाडीहरू नगद पुरस्कार हस्तान्तरण गरे।

खेलाडीहरूलाई नगद ५ लाख रूपैयाँ प्रदान गरिदाँ प्रशिक्षकहरूलाई जनही ३ लाख रूपैयाँ प्रदान गरियो। 

अक्टोबरमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो। फाइनलमा भारतसँग पराजित हुँदा नेपालले च्याम्पियन बन्ने अवसर भने गुमाएको थियो।

Copy link