


साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ।
Advertisement



शनिबार दशरथ रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई ३-० गोलले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा पुगेको हो।
मछिन्द्रका लागि सुनील बलले खेलको २९ मिनेटमा पहिलो गोल गरे।
पहिलो हाफमा १-० गोलले अघि रहेको मछिन्द्रले ६८ मिनेटमा अग्रता दोब्बर पारे।
अजरबैजानका फरवार्ड नोर्लान जाहिदले मछिन्द्रका लागि दोस्रो गोल गरे।

मनाङले दोस्रो हाफको इन्जुरी टाइममा तेस्रो गोल गर्यो। ७३ मिनेटमा मनिष डाँगीको स्थानमा मैदान छिरेका विमल घर्तीमगरले तेस्रो गोल गरेका थिए।
मछिन्द्रले ४ खेलबाट १० अंक जोडेको छ। दोस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लबको पनि १० अंक नै छ।





