२०८३ कार्तिक १३

१८ वर्षीया उषा सापकोटाले जितिन् कांग्रेसको क्षेत्रीय प्रतिनिधि

नेपाली कांग्रेसमा यसपालि युवाको आकर्षण बढेको छ।

वडा अधिवेशनदेखि नै युवाहरू पार्टी नेतृत्व लिन अग्रसर भएका थिए।


Advertisement


युवा आकर्षण प्रदेश सभा क्षेत्रीय अधिवेशनमा पनि देखियो।

बागलुङमा शनिबार भएको प्रदेश सभा क्षेत्रीय अधिवेशनबाट १८ वर्षीया उषा सापकोटा क्षेत्रीय प्रतिनिधि निर्वाचित भएकी छन्।

उनले २८६ ल्याएकी थिइन् जुन त्यहाँ सबैभन्दा बढी मत हो। उनी बागलुङको काँठेखोला गाउँपालिका ५ की हुन्।

उनी बागलुङ क्षेत्र नम्बर १ (क) बाट प्रतिनिधि चुनिएकी हुन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा युवा आकर्षण बढेको बताए।

उनले हालै युवालाई लक्षित गर्दै किशोर केन्द्रीय सदस्य अवधारणासमेत सार्वजनिक गरेका थिए।


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap