२०८३ कार्तिक १२

विराटनगर विमानस्थलमा प्रकाशमान-शेखर जम्काभेट

नेपाली कांग्रेसको महाधिवेशन नजिकिएका बेला नेताहरू जिल्ला दौडाहामा छन्।


Advertisement


मंसिर २४ गतेदेखि २६ गतेसम्म काठमाडौंमा हुने कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा लड्ने तयारी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला आज अपरान्ह विराटनगर विमानस्थलमा जम्काभेट भएको हो।

उनीहरूबीच महाधिवेशन तयारीलगायत विषयमा सामान्य कुराकानी भएको थियो।

सिंह आज विराटनगरमा कार्यक्रमका लागि पुगेर काठमाडौं फर्कंदै थिए भने कोइराला विराटनगर जाँदै गर्दा विमानस्थलमा भेट भएको हो।

सिंह र कोइराला दुबै कांग्रेस सभापति पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap