२०८३ कार्तिक १२

राष्ट्रिय खेलकुद परिषद्‌को निमित्त सदस्य सचिवमा विष्णुकुमार ढकाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निमित्त सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त भएका छन्।


Advertisement


युवा तथा खेलकुद मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट ढकाललाई निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलले जानकारी दिए। 

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा कात्तिक १६ गते (मंगलबार) बसेको मन्त्रिस्तरीय बैठकले खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मन्त्रालयका सहसचिव ढकाललाई राखेपको निमित्त सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको पोखरेलले बताए।

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त सदस्यसचिवको जिम्मेवारी दिइएको हो। 

यसअघि सरकारले रमेशकुमार सिलवाललाई सदस्यसचिवबाट बर्खास्त गरेपछि सदस्यसचिव पद खाली छ। 


Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 258

Deprecated: Automatic conversion of false to array is deprecated in /mnt/storage/symnetwork.com/wp-content/plugins/gs-facebook-comments/public/class-wpfc-public.php on line 125
Copy link
Powered by Social Snap